नियम ११९
पहिलेको सेवा अवधिको गणना
(१) कर्मचारीको पहिलेको सेवा अवधिको गणना गर्दा
देहाय बमोजिम गरिनेछ ः-
(क) बढुवाको लागि जेष्ठता गणनाको प्रयोजनको निमित्त पहिले
सरकारी सेवा वा पदमा स्थायी नियुक्ति भई गरेको सेवा अवधि
(बीचमा टुटेको भए टुटेको अवधि कटाई) बापत शत प्रतिशत र
पहिले विकास तर्फको पदमा सेवा गरी सो सेवालाई
अविच्छिन्न राखी तथा पहिले निजामती सेवा तर्फको पदमा एक
वर्ष भन्दा बढी अस्थायी सेवा गरी सो सेवालाई अविच्छिन्न
राखी स्वास्थ्य सेवा तर्फ स्थायी नियुक्ति पाएका कर्मचारीको
साविकको विकास वा अस्थायी सेवा अवधिको गणना देहाय
बमोजिम गरिनेछ ः-
(१) राजपत्राङ्कित प्रथम श्रेणीमा गरेको
सेवा अवधि वापत तेत्तीस प्रतिशत
(२) राजपत्राङ्कित द्वितीय श्रेणीमा
गरेको सेवा अवधि वापत पचास प्रतिशत
(३) राजपत्राङ्कित तृतीय श्रेणीमा गरेको
सेवा अवधि वापत छैसट्टी प्रतिशत
(४) राजपत्रअनङ्कित तहमा गरेको सेवा
अवधि वापत पचहत्तर प्रतिशत
(ख) निवृत्तभरणको प्रयोजनको निमित्त पहिले सरकारी सेवा वा पदमा
स्थायी नियुक्त भई गरेको सेवा अवधि (बीचमा टुटेको भए
टुटेको अवधि कटाई) र विकास वा अस्थायीतर्फको पदमा मिति
२०२६।८।११ भन्दा पहिले नियुक्त भई त्यस्तो पदमा गरेको
सेवालाई अविच्छिन्न राखी स्थायी सेवामा आएका कर्मचारीले
विकास तथा अस्थायीतर्फको पदमा गरेको सेवा अवधि ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिले गरेको कुनै
सरकारी सेवा वापत उपदान पाइसकेको व्यक्ति पुन स्वास्थ्य सेवाको पदमा नियुक्त
भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा
अवधि यस नियम बमोजिम हालको पदमा गणना गरिनेछ ।